आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला एशिया कप खेल्ने नेपाली टोली घोषण

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 262
    SHARES
  • यू–१९ महिला एशिया कप खेल्ने नेपाली टोली घोषण

    काठमाडौं । एशिया कप खेल्न नेपाल यू–१९ महिला टी–२० टिमको घोषणा गरिएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको हो ।

    नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवा, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

    images

     यू–१९ टी–२० महिला एशिया कप मलेसियामा आगामी डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुदै छ । एशिया कपमा नेपालसहित ६ देश सहभागी हुदै छन् ।

    नेपाल समुह ए मा भारत र पाकिस्तानसँग रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन् ।

    एसीसीले सार्बजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल १६ डिसेम्बरमा पाकिस्तान र १७ डिसेम्बरमा भारतसँग खेल्ने छ ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला एशिया कप