काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा काठमाण्डौ गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले १९.२ ओभरमा अलआउट हुँदै १०३ रन बनायो ।
गुर्खाजका लागि भीम सार्कीले ३१ रन बनाउँदा डेन डउथवेटले २१ रन जोडे भने स्टीफन एस्किनाजीले १३ रन बनाए ।
लुम्बिनीका लागि साद बिन जफर र अभिषेश गौतमले २–२ तथा सूर्य तामाङ, विवेक तामाङ र रामोन सिमन्ड्सले १–१ विकेट लिए ।


