शुक्रबार, भाद्र २६ गते २०८३
images

माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 287
    SHARES
  • माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

    असोज २२ काठमाडौं । बंगलादेशलाई पराजित गर्दै घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

    images

    बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

    माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १/१ गोल गरे । खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

    images

    उक्त जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

    तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा छ ।