शुक्रबार, भाद्र २६ गते २०८३
images

पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

एक्सप्रेस पाना
आश्विन २२, २०७८ शुक्रबार
  • 424
    SHARES
  • पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

    एजेन्सी । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो ।

    images

    घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल भयो । बराबरीसँगै अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकका साथ छैटौँ स्थानमा छ  ।

    दक्षिण अमेरिकी छनोटमा ब्राजिल ९ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । बिहानै भएको खेलमा उरुग्वे कोलम्बियासङ गोलरहीत बराबरीमा रोकिएको छ ।

    images