बिहीबार , कार्तिक २० गते २०८३
images
images

हर्ष उल्लासका साथ आज नेवार समुदायमा योमरी पूर्णिमा मनाइँदै

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 298
    SHARES
  • हर्ष उल्लासका साथ आज नेवार समुदायमा योमरी पूर्णिमा मनाइँदै

    काठमाडौं । आज नेवार समुदायमा हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाइदै छ । 

    images

    मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ। नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। योमरी एक परिकार हो।चामलको पिठोभित्र चाकु,तिल र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार योमरी हो । 

    काठमाडौं उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पूर्णिमा भव्यताका साथ मनाउँदछन् ।

    images

    नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्।

    यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ।

    467475450_1509015979814337_2622985687719069101_n.jpg

    yamari-punhi-7-.jpg-768x512.jpg

    yomari-day-9-15122024084823-1000x0.jpg

    Yomari-Purne_4.jpg