आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला एशिया कपमा आज नेपालले पाकिस्तानको सामना गर्दै

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 269
    SHARES
  • यू–१९ महिला एशिया कपमा आज नेपालले पाकिस्तानको सामना गर्दै

    काठमाडौं । यू–१९ महिला टी–२० एशिया कपमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । 

    images

    मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि शुरु हुनेछ ।

    आइतबारदेखि शुरु भएको महिला यू १९ एशिया कपमा पाकिस्तानले पहिलो खेलमा भारतसँग हार बेहोरेको छ । एसीसीले सार्बजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल आज पाकिस्तान र १७ डिसेम्बरमा भारतसँग खेल्ने छ ।

    images

    एशिया कपमा पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली महिला टिम हाल मलेसियामा रहेको छ ।

    नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवा, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

    यू–१९ टी–२० महिला एशिया कप मलेसियामा आगामी डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुदै छ । एशिया कपमा नेपालसहित ६ देश सहभागी हुदै छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # एशिया कप