काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ।
सोमबार मलेसियामा जारी एशिया कपको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
नेपालको लागि कप्तान पुजा महतोले अविजित ४७ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले १३, सीमा केसीले १२ र साना प्रविनले १० रन बनाएकी थिइन् ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।
यो जितपछि नेपाल एशिया कपको सुपर फोरमा पुग्ने निश्चित भएको छ । पाकिस्तान भने दुवै खेलमा पराजित भएर पाँचौं स्थानको प्लेअफ खेल्ने भएको छ । नेपालले अर्को खेल मंगलबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।


