आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएल क्वालिफायर:कर्णाली याक्सले दियो जनकपुरलाई ११९ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 328
    SHARES
  • एनपीएल क्वालिफायर:कर्णाली याक्सले दियो जनकपुरलाई ११९ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ ।

    images

    बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो क्वालिफायर खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।

    कर्णालीको लागि गुल्शन झाले २५ रन बनाउँदा देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४, जिशान मक्सुदले १२ र च्याडविक वाल्टनले ११ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    images

    जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए भने हर्ष थाकेर, जेम्स निशाम र शेर मल्लले १–१ विकेट लिए ।

    यस खेलको विजेताले फाक्इनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # एनपीएल क्वालिफायर