काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
यो खेल नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि शुरु हुनेछ ।
विहिबार नेपाल र श्रीलंकाबीचको खेल बर्षाले प्रभावित भएको थियो । बर्षाले खेल रद्ध भएपछि नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका थिए ।
फाइनलमा पुग्न नेपाल र बंगलादेश दुवैलाई आजको खेल जित्नै पर्ने अवस्था रहेको छ । नेपालले आज बंगालदेशलाई पराजित गरेमा फाइनलमा पुग्ने छ । भारत भने हाल सुपर फोरको शिर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ ।


