काठमाडौं । यू–१९ एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले हङकङलाई २ सय ६६ रनको लक्ष्य दिएको छ ।
शुक्रबार मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा २ सय ६५ रनमा अलआउट भएको हो ।
नेपालका लागि सुर्यांशु कोइराला, कप्तान अभिषेक तिवारी र सन्तोष यादवले अर्धशतकीय पारी खेले । सुर्यांशुले ६० रन बनाउँदा अभिषेकले ५६ सन्तोषले ५३ रन जोडे ।
हङकङ यू–१९ पार्थ श्रीवास्तव, शायन पुरी, डेनियल म्याप्पा र प्रित मांगुकियाले सर्वाधिक दुई÷दुई विकेट लिए ।
तीन खेलको सिरिज नेपालले २–० ले जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः तीन विकेट र २२६ रन बनाए ।


