आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ एकदिवसीय सिरिजमा हङकङमाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
पौष ५, २०८१ शुक्रबार
  • 348
    SHARES
  • यू–१९ एकदिवसीय सिरिजमा हङकङमाथी नेपालको शानदार जित

    काठमाडौं । नेपालले हङकङविरुद्धको यू–१९ एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ ।

    images

    शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको यू–१९ एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हराएको हो ।

    २६६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।

    images

    त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा २ सय ६५ रनमा अलआउट भएको थियो । 

    नेपालका लागि सुर्यांशु कोइराला, कप्तान अभिषेक तिवारी र सन्तोष यादवले अर्धशतकीय पारी खेले । सुर्यांशुले ६० रन बनाउँदा अभिषेकले ५६ सन्तोषले ५३ रन जोडे । 

    यसअघि पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले विजयी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # यू–१९ एकदिवसीय सिरिज