काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
दोस्रो क्वालिफायर जनकपुरले कर्णाली याक्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।


