काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि सैफ जैबले ४३ बलमा ६९ रन बनाए भने विनोद भण्डारीले ४१ रनको योगदान गरे भण्डारी र जैबले उत्कृष्ट सुरुवात गरेका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरी ९, हरमित सिंहले १४, ब्राण्डन म्याकमुलनले १४, स्कट कुगेलेइनले १३ रन बनाए ।
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले तीनरतीन तथा ललित राजवंशी र जेम्स निशमले १–१ विकेट लिए ।


