आइतबार, भाद्र २८ गते २०८३
images

जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई तुरुन्तै कारबाही गरियोस् :गगन थापा

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 229
    SHARES
  • जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई तुरुन्तै कारबाही गरियोस्  :गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिगको विजेता टोली जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

    images

    आइतबार  सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले  जनकपुरका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्दो भएको उल्लेख गर्दै यसमा संलग्नहरूमाथि तुरुन्तै कारबाहीको माग गरेका हुन् ।  यस्ता हरकतहरू कुनै पनि बहानामा स्विकार्न नहुने बताएका छन्  ।

    उनले लेखेका छन् "जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। No If No But."

    images

    शनिबार भएको फाइनल खेलमा मा सुदूरपश्चिमलाई हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको थियो । 

    यस घटनालाई मधेशी आयोगले समेत चासो राखेको छ । आइतबार मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको थियो ।