आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएलको फाइनल खेलमा अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 360
    SHARES
  • एनपीएलको फाइनल खेलमा अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरीले जनाएको छ ।  

    नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो ।

    images

    सोहीक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।