बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुदूरपश्चिमलगायत कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा र हिमपात

एक्सप्रेस पाना
पौष ९, २०८१ मंगलबार
  • 192
    SHARES
  • सुदूरपश्चिमलगायत कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा र हिमपात

    काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव छ। 

    images

    मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम साधारणतया बदली छ। त्यसैगरि कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। 

    आज सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images

    आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। 

    आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।