काठमाडौं । भक्तपुरको बालकोटमा सोमबार बिहान मृत भेटिएका खोटाङका कूलप्रसाद आचार्य र कान्छा छोरा प्रविण आचार्यको हत्या प्रकरणमा उनकै जेठा छोरा मिलन आचार्य पक्राउ परेका छन् ।
हत्या लगत्तै फरार रहेका मिलनले मंगलबार प्रहरी वृत्त महाराजगञ्ज पुगेर बाबु र भाइको हत्या गरेको स्वीकार गरेका हुन् ।
सोमबार खोटाङका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य कोठामै मृत भेटिएका थिए । तर, सँगै सुतेका जेठा छोरा भने फरार रहेका थिए ।
बुवा र भाइको हत्या कूलप्रसादकै जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंका गरेको थियो ।
.jpg)


