बिहीबार , कार्तिक २० गते २०८३
images
images

हुम्लासहित हिमाली जिल्लामा हिमपात,जनजीवन प्रभावित

एक्सप्रेस पाना
पौष १३, २०८१ शनिबार
  • 271
    SHARES
  • हुम्लासहित हिमाली जिल्लामा हिमपात,जनजीवन प्रभावित

    काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । 

    images

    शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । 

    हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको छ ।  

    images

    यस्तै, सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । 

    यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।