काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
सोमबार तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पराम्परागत भेषभुषासहितको सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।






.jpg)


