एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सप्टेम्बर महिनाको ‘प्रिमियर लिग प्लेयर अफ दी मन्थ’को अवार्ड जितेका छन् । शुक्रबार प्रिमियर लिगले सामाजिक सञ्जालमार्फत रोनाल्डो अन्य पाँच खेलाडीलाई पछि पार्दै सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी चुनिएको जनाएको हो ।
यससँगै रोनाल्डोले आफ्नो करियरममा पाँचौ पटक ‘प्रिमियर लिग प्लेयर अफ दी मन्थ’को अवार्ड जितेका छन् । यसै सिजन इंग्ल्याण्ड फर्किएका रोनाल्डोले सेप्टेम्बर महिनामा म्यानचेस्टर युनाइटेडबाट लिगमा ३ खेल खेल्दै ३ गोल गरेका थिए । न्युक्यासलविरुद्धको खेलमा २ गोल गर्दै युनाइटेडमा दोस्रो कार्यकालको उत्कृष्ट शुरुवात गरेका रोनाल्डोले वेस्टहाम विरुद्ध एक गोल गरेका थिए ।

