बिहीबार , कार्तिक २० गते २०८३
images
images

गैंडाको आक्रमणबाट एक महिला घाइते

एक्सप्रेस पाना
पौष १७, २०८१ बुधबार
  • 250
    SHARES
  • गैंडाको आक्रमणबाट एक महिला घाइते

    काठमाडौं । मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो ।

    चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थानियहरुले हो हल्ला गरेपछि गैडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ ।

    images

    घाईते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाएको प्रहरीले जनाएको छ ।