बिहीबार , कार्तिक २० गते २०८३
images
images

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

एक्सप्रेस पाना
पौष २०, २०८१ शनिबार
  • 306
    SHARES
  • पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

    काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । 

    images

    शुक्रबार नियमित काम सकेर कोठा फर्किएका पुडासैनी अचानक ढलेपछि अस्पताल पुर्याइएको थियो । चावहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालले उनलाई शुक्रबार साँझ मृत घोषित गरेको हो । 

    उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ । नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। 

    images

    श्यामसुन्दर पुडासैनी हाल नेपाल भ्युजमा उपसम्पादकको भूमिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइम टेलिभिजन, र रेडियो अन्नपूर्ण जस्ता प्रतिष्ठित मिडियामा काम गरिसकेका थिए ।

  • सम्बन्धित विषय:

  • # श्यामसुन्दर पुडासैनी