बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस

एक्सप्रेस पाना
पौष २०, २०८१ शनिबार
  • 220
    SHARES
  • काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस

    काठमाडौं । काठमाडौंमा चिसो बढेको छ ।

    images

    शनिबार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसअघि शुक्रबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । गत शुक्रबारयता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ । त्यसदिन ४ डिग्री सेल्सियस मापन भएको थियो ।

    images

    आज काठमाडौंको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।