बिहीबार , कार्तिक २० गते २०८३
images
images

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित

एक्सप्रेस पाना
पौष २१, २०८१ आइतबार
  • 240
    SHARES
  • सर्वोच्च  बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित

    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् ।

    images

    शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

    सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् भने अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।

    images

    उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत विजयी भएका छन् । सचिवमा अधिवक्ता रमणकुमार कर्ण विजयी हुँदा सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना निर्वाचित भइन् ।

    कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल निर्वाचित भएका छन् भने महिला सदस्यमा शशी बस्नेत निर्वाचित भएकी छन् ।

    त्यस्तै, सदस्यहरूमा अधिवक्ताहरू दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, प्रदीपकुमार राजवंशी, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र शतिसराज मैनाली निर्वाचित भएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # मेघराज पोखरेल
  • # सर्वोच्च अदालत बार एसोसिएसन