बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

एक्सप्रेस पाना
पौष २१, २०८१ आइतबार
  • 235
    SHARES
  • प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ ।

    images

    मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।

    images

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाकाअनुसार काठमाडौं बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन ।

    काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौंबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।

    पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # हवाई उडान