बिहीबार , कार्तिक २० गते २०८३
images
images

भद्रपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

एक्सप्रेस पाना
पौष २२, २०८१ सोमबार
  • 198
    SHARES
  • भद्रपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

    काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ । 

    images

    उडान नम्बर ९५३, कल साइन (एन–एजेएस)को दायाँ इञ्जिनमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।

    जहाज बिहान सवा ११ बजे सुरक्षित काठमाडौं अवतरण गरेको बुद्ध एयरले जनाएको छ । 

    images

    सामाजिक सञ्जाल एक्समार्फत् बुद्ध एयरले भनेको छ, ’प्राविधिक समस्या समाधानका लागि टेक्निकल टिमले जहाजको चेकजाँच गरिरहेको छ ।’

    समस्या देखिएको जहाजका यात्रुलाई भद्रपुर पठाउन अर्को जहाजको तयारी भइरहेको बुद्ध एयरले बताएको छ । 

    यस घटनाका कारण उडानमा केही समयका लागि अवरोध भएको भए पनि सबै यात्रुहरू सुरक्षित रहेको बुद्ध एयरले स्पष्ट पारेको छ ।

  • सम्बन्धित विषय:

  • # प्राविधिक समस्या