बिहीबार , कार्तिक २० गते २०८३
images
images

गृहका १२ सहसचिव तथा उपसचिवको सरुवा

एक्सप्रेस पाना
पौष २३, २०८१ मंगलबार
  • 223
    SHARES
  • गृहका १२ सहसचिव तथा उपसचिवको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । 

    images

    सरुवामा काठमाडौं सहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

    सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ ।

    images

    यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दांगका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।