शुक्रबार, भाद्र २६ गते २०८३
images

चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

एक्सप्रेस पाना
आश्विन २३, २०७८ शनिबार
  • 203
    SHARES
  • चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

    काठमाडौं, २३ असोज । चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।

    images

    पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि भिम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए । 

    यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहाजादले ११ रन जोडे । कप्तान सोमपाल कामीले आफ्नो पहिलो बलमै चौका प्रहार गर्दै चितवनलाई जित दिलाए ।

    images

    बलिङमा पोखराका किशोर महतोले ४  विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो ।

    पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    चितवनका लागि बलिङमा कमल सिंह  ऐरीले ३।५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए । यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २(२ विकेट लिए । दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चे ।

    कप्तान सोमपाल कामी र सागर ढकालले समान १ विकेट लिए ।