आइतबार, भाद्र २८ गते २०८३
images

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 403
    SHARES
  • पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी

    काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) टी २० को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । नेपालबाट विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा ६ खेलाडी समावेश गरिएको छ ।

    images

    ड्राफ्टमा पर्ने खेलाडीमा नेपालका दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, सोमपाल कामी, अर्जुन साउद र देव खनाल रहेका छन् । यो क्याटागोरीको न्यूनतम मूल्य २५ हजार अमेरिकी डलर रहेको छ ।

    ड्राफ्टबाट खेलाडी छनोट प्रक्रिया १३ जनवरीमा हुने पाकिस्तान क्रिकेटले जानकारी दिएको छ । 

    images

    यस बर्षको पिएसएल १० अप्रिलदेखि सुरु हुनेछ । पिएसएलमा लाहोर कालान्दर, क्वेटा ग्लाडियटर्स, कराची किंग्स, पेसावर जाल्मी, मुल्तान सुल्तान्स र इस्लामावाद युनाइटेड गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

     

  • सम्बन्धित विषय:

  • # पिएलएल