आइतबार, भाद्र २८ गते २०८३
images

मार्टिन गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एक्सप्रेस पाना
पौष २५, २०८१ बिहीबार
  • 261
    SHARES
  • मार्टिन गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    काठमाडौं । न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 

    images

    सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका गुप्तिलले टी–२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका हुन्।

    उनी न्युजिल्याण्डका लागि एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने पहिलो र हालसम्म एकमात्र खेलाडी हुन् । 

    images

    टी–२० मा उनले न्युजिल्यान्डका लागि सबै भन्दा धेरै रन प्रहार गरेका छन्। उनले १२२ खेलमा तीन हजार ५३१ रन प्रहार गरेका छन्। उनी पछिल्लो समय नेपाल प्रिमियर लिग(एनपिएल) खेल्न काठमाडौं आएका थिए। उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट खेलेका थिए।

  • सम्बन्धित विषय:

  • # मार्टिन गुप्तिल