आइतबार, भाद्र २८ गते २०८३
images

जय ट्रफी कप:मधेश प्रदेशविरुद्ध पुलिस क्लबको सहज जित

एक्सप्रेस पाना
पौष २५, २०८१ बिहीबार
  • 287
    SHARES
  • जय ट्रफी कप:मधेश प्रदेशविरुद्ध पुलिस क्लबको सहज जित

    काठमाडौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सहज जित हासिल गरेको छ।

    images

    बिहिबार वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको जय ट्रफी पुरुष एलिट कपको दोस्रो दिन पुलिसले एक इनिङ र ३५ रनको जित निकालेको हो।

    दोस्रो इनिङमा मधेश प्रदेश ९४ रनमै अलआउट भउको थियो । मधेशका लागि विशाल पटेलले २७ रन बनाउँदा मायन यादवले २२ र हिमान्शु दत्तले १७ रन जोडे । 

    images

    पुलिसका लागि कुशल भुर्तेलले पाँच, गुल्शनकुमार झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमै समेटिएको थियो। २५८÷४ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको पुलिसले १२९ रनको अग्रता लिएको थियो।

    यसअघि पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए।

     

  • सम्बन्धित विषय:

  • # जय ट्रफी