आइतबार, भाद्र २८ गते २०८३
images

यू-१९ महिला विश्वकप:अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 252
    SHARES
  • यू-१९ महिला विश्वकप:अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध  बलिङ गर्दै नेपाल

    काठमाडौं । महिला यू-१९ विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्दै छन् ।

    images

    सोमबार मलेसियामा हुन लागेको नेपाल र वेस्ट इन्डिजबिचको अभ्यास खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसैगै नेपालले बलिङ गरेको हो । 

    नेपालले विश्वकपका खेल खेल्नु अघि जनवरी १५ मा अमेरिकाविरुद्ध पनि अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

    images

    विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप खेल्ने छन् । 

    नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # यू-१९ महिला विश्वकप