काठमाडौं । यू-१९ महिला विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमलाई अभ्यास खेलमा वेस्ट इन्डिजले ११० रनको लक्ष्य दिएको छ ।
सोमबार मलेसियामा जारी अभ्यास खेलमा टस जितेर पहिले ब्याङि गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् भने कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् ।
नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक-एक विकेट लिए ।


