काठमाडौं । नेपालले यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग टस हारेर पहिले ब्याटिङ गर्दै छ ।
बुधबार मलेसियामा हुन लागेको खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसंगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
यस अघिको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो ।
नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन ९उपकप्तान० साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।
माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप खेल्ने छन् ।


