बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर न्यून चापीय प्रणालीको प्रभाव,हल्का देखि मध्यम वषाको सम्भावना

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 207
    SHARES
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव,हल्का देखि मध्यम वषाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    images

    देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका केही भू–भागमा हुस्सु ÷कुहिरो तथा बाँकी तराईका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ र यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ । 

    images

    आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै लुम्बिनी प्रदेशमा पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।