काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकप आजदेखि सुरु हुँदैछ।
शनिबार मलेसियामा हुने खेलमा नेपालले बंगलादेशको सामना गर्दै विश्वपको सुरुवात गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।
नेपाली टिममा पुजा महतो (कप्तान०, सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।
नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
शनिबार पहिलो खेल अस्ट्रेलिया र स्कटल्याण्डले बिहान ८ः१५ बजे खेल्न सुरु गर्नेछन् भने दोस्रो खेलमा सोही समयमा इंग्ल्याण्ड र आरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। आजको अर्को खेल नाइजेरिया र सीमोवाबीच हुनेछ।


