काठमाडौं । शनिबारदेखी मलेसियामा सुरु भएको आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने भएपछी नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरु हुर्दैछ ।
पहिलोपटक विश्वकप खेल्न लागेको नेपाली महिला टिमले उद्घाटन खेलमा जित हासिल गर्दै विजयी सुरुवात गर्न चाहन्छ ।


