काठमाडौं । खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज भारतसँग खेल्दैछन्।
आइतबार नयाँ दिल्लीमा हुने पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे सुरु हुनेछ।
शनिबार भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरानलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो भने भारत दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो ।
यसैगरी, नेपाली महिला टोलीले शनिबार भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै भारतीय महिला टिमले दक्षिण अफ्रिकालाई हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।


