आइतबार, भाद्र २८ गते २०८३
images

सभापति कप फुटबल माघ १० गतेदेखि सुरु,विजेतालाई २६ लाख नगद पुरस्कार

एक्सप्रेस पाना
माघ ६, २०८१ आइतबार
  • 289
    SHARES
  • सभापति कप फुटबल माघ १० गतेदेखि सुरु,विजेतालाई २६ लाख नगद पुरस्कार

    काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि सुरु हुने भएको छ । 

    images

    आइतबार नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० देखि १७ गतेसम्म काठमाडौं दशरथ रंगशालामा हुने जानकारी गराएको हो । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ ।

    सभापति कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने तथा समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

    images

    प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी क्लब, चर्चव्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लव, एनआरटी क्लब, फ्रेण्डस फुटबल क्लब र बाग्मती फुटबल क्लब (आयोजक) को सहभागिता रहने छ ।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद २६ लाख, दोस्रो पुरस्कार  नगद १३ लाख  र म्यान अफ द म्याच नगद १५ हजार प्राप्त गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # सभापति कप फुटबल