आइतबार, भाद्र २८ गते २०८३
images

खो–खो विश्वकपको फाइनलमा नेपाली महिला टिम भारतसँग पराजित

एक्सप्रेस पाना
माघ ६, २०८१ आइतबार
  • 341
    SHARES
  • खो–खो विश्वकपको फाइनलमा नेपाली महिला टिम भारतसँग पराजित

    काठमाडौं । खो–खो विश्वकपको फाइनलमा नेपाली महिला टोली भारतसँग पराजित भएको छ ।

    images

    आइतबार नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा नेपाली महिला टोली ७८–४० ले पराजित भएको हो। पराजित भए संगै महिलातर्फको खो-खो विश्वकपमा नेपाल उपविजेता बनेको छ ।

    नेपाली महिला टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएको थियो ।

    images

    यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

    खो–खो विश्वकप फाइनलको पुरुषतर्फ बेलुकी ८ बजे भारतसँग खेल्दैछ ।

  • सम्बन्धित विषय:

  • # खो–खो विश्वकप