काठमाडौं । खो–खो विश्वकपमा नेपाली पुरुष टिम उपविजेता बनेको छ ।
आइतबार दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको खेलमा भारतसँग ५४–३६ ले पराजित भएसँगै नेपाल उपविजेता बनेको हो ।
आइतबार बेलुका नै महिला टोली पनि भारतसँगै फाइनलमा पराजित भएको थियो। भारतसँग ७८–४० अन्तरले पराजित भएसँगै नेपाली महिला टिम उपविजेता बनेको हो ।


