बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रहरीबाट निर्घात कुटिए युवक,भिडियो भयो सामाजिक सञ्जालमा भाइरल

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 232
    SHARES
  • प्रहरीबाट निर्घात कुटिए युवक,भिडियो भयो सामाजिक सञ्जालमा भाइरल

    काठमाडौं । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

    images

    प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको हो । 

    भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्बजनिक भएको भिडियोमा देख्न सकिन्छ । 

    images

    मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा छ ।