आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली पुरूष र महिला खो खो टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 293
    SHARES
  • नेपाली पुरूष र महिला खो खो टोली स्वदेश फिर्ता

    काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फर्किएका छन् । 

    images

    सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित भव्य रुपमा स्वागत गरेका छन् । 

    सोही क्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सबै खेलाडीहरुलाई बधाई दिदैँ खेलको प्रशंसा गरेका छन् । 

    images

    उनले भने, ‘म राष्ट्रिय पुरूष र महिला खो खो टोलीलाई बधाई दिन चहान्छु । नेपालमा यो खेलको इतिहास हेर्ने हो भने त्यती लामो छैन् तर यो खेल त्यो खेलभित्र पर्यो जसले नेपाललाई विश्वकपमा पुर्‍यायो । यो सत्य हो ।’ 

    टोलीलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले स्वागत गरेका हुन् ।  

    हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।

  • सम्बन्धित विषय:

  • # खो खो