शुक्रबार, भाद्र २६ गते २०८३
images

एन्डोरामाथि इंग्ल्याण्डको सहज जित

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 248
    SHARES
  • एन्डोरामाथि इंग्ल्याण्डको सहज जित

    एजेन्सी । फिफा विश्वकप कतार-२०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५-० को फराकिलो जित निकालेको हो ।

    images

    इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले १/१ गोल गरे ।

    इंग्ल्याण्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल थपेको हाे ।

    images

    समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड जितसँगै ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।