बुधबार, श्रावण १३ गते २०८३
images
images

अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा वृद्धि

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 210
    SHARES
  • अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा वृद्धि

    काठमाडौं । चर्चित पर्यटकीय स्थल रारामा पर्यटकको चहलपहल बढेको छ । 

    images

    समुद्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो । दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठूलो अनि सुन्दर महेन्द्र अर्थात रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ ।

    हिउँदे चिसोको समयमा सुनसान हुने रारामा माघ महिनाको पहिलो सातामा परेको हिमपातपछि पर्यटकहरु झुम्मिएका हुन् । खुल्ला आकास, निलो रंगमा टल्किरहेको रारा अनि आसपास दुई फिट भन्दा बढी हिउँ जमेकाले पर्यटकलाई रोमान्चक बनाएको छ ।  तालको विभिन्न कोणबाट देखिने हिमालका दृश्य अवलोकनसँगै भिडियो, फोटो खिच्न, टिकटक बनाउन र नाचगान गर्न पर्यटकहरु रारा उक्लिने गरेका छन् ।

    images

    चिसोको कारण रारा घुम्ने सिजन नभएपनि हिजोआज हिउँ परेर, आकाश खुल्ला हुँदा पर्यटकहरुको भीड बढेको हो । तर आएका पाउनाहरु रारामा नबसी फर्कने गरेकाले होटल ब्यवसायहरु घाटामा रहेको होटल व्यवसायी कुल बहादुर रोकायाले बताए । 

    छायाँनाथ रारा नगरपालिका–८ मा रहेको रारा १ सय ८ वर्ग किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ । तालको अधिकतम लम्बाई किलोमिटर र चौडाई ३।२ किलोमिटर गहिरो १ सय ६७ मिटर रहेको छ ।

    रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटर रहेको क्षेत्रफलले राराको सौन्दर्यतालाई जोगाइ राखेको छ । हिउँमा रमाउनको लागि सदरमुकाम गमगढी बजार ,मुर्मा ,तुम, झ्यारी, टोप्ला, पिना, सोरु ,खत्याडमा रहेका दर्जनै स्थानबाट आन्तरिक पर्यटक रारा पुगिरहेका छन् । छिमेकी जिल्ला जुम्ला दाङ्ख, दैलेख, सुनसरीबाट दैनिक ५०–६० जना आन्तरिक पर्यटकहरु रारा पुगिरहेका छन् ।

    हिँउ खेल्न धेरै आन्तरिक पर्यटकहरु आउर्ने गरेका छन् । ६ महिलामा घुम्न आउने आन्तरिक तथा बाह्य गरी ५७ सय पर्यटकले रारा घुमेका छन् भने एकसय ३० जना जना पर्यटक रारा पुगेका छन् ।  उक्त अवधीमा १७ लाख ८० हजार राजश्व संकलन भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका सुचना अधिकारी धर्मजित सावतले बताए ।

    तालको चारैतिर रहेका छाँयानाथ, चंखेली ,मुर्माटप, चुचेमारा, हिमालमा रहेको सेताम्मे हिमालका दृश्यसँगै तालको किनारमा रहेका धुपी, सल्लाका झाडीमा हिउँ सेताम्मे कपास फुलेको जस्तो देखिैदा यहाँको सौन्दर्यता बढेको छ । 
    नेपाल न्यूज बैंक

  • सम्बन्धित विषय:

  • # रारा