बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम:पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

एक्सप्रेस पाना
माघ १०, २०८१ बिहीबार
  • 214
    SHARES
  • आजको मौसम:पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  

    images

    हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने छ भने तराइका धेरै भू–भागहरूमा हुस्सु /कुहिरो  लागेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    बिहिबार दिउँसो सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका विभागले जनाएको छ ।

    images

    यस्तै, राति कोशी, गण्डकी र लुम्बिनीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।