काठमाडौं । नेपालमा हुने त्रिकोणात्मक महिला टी–२० सिरिजको खेल तालिका फेरबदल गरिएको छ ।
बिहिबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेदरल्याण्ड्स र थाइल्याण्डविरुद्ध राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने सिरिजको संशोधित खेल तालिका सार्वजनिक गरेको हो ।
सिरिज माघ १७ देखि (२५ जनवरी) ३० गते (फेब्रुअरी ७)सम्म हुनेछ ।
उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग तीनरतीन खेल खेल्नेछन् ।



