आइतबार, भाद्र २८ गते २०८३
images

सभापति कप ः चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 272
    SHARES
  • सभापति कप ः चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा

    काठमाडौं । संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

    images

    बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौंको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोलको मद्दत गरे ।

    images

    पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ भने खेल शुक्रबार हुनेछ । सभापति कपमा ८ टोलीको सहभागिता रहेको छ ।

  • सम्बन्धित विषय:

  • # सभापति कप