काठमाडौं । महिला यू–१९ विश्वकपमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाल विजयी भएको छ ।
शुक्रबार मलेसियामा जारी प्लेअफको खेलमा मलेसियाले दिएको ४६ रन नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो ।
नेपालका लागि पूजा २३ रनमा अविजित रहिन् भने सावित्रि धामीले ३ तथा साना प्रविनले १ रन बनाइन् ।
मलेसियाका लागि मार्सयाले ३ विकेट लिइन् ।
यसअघि मलेसिया १६.५ ओभरमा ४५ रनमा अलआउट भएको थियो ।
मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
नेपालका लागि पूजाले ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् ।


