असोज २४ दोलखा । कालिन्चोक गाउँपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
पालिकाकै वडा नं. ३ मा रहेको खेलकुद समितिको मुख्य आयोजनमा पोखरेमा सुरु भएको प्रतियोगिताको पालिका अध्यक्ष बिन कुमार थामी र वडा अध्यक्ष निशान बुढाथोकीले उद्घाटन गर्नुभएको हो । 
भने युवाहरुलाई खेलकुद प्रति प्रोत्साहन र सामाज, राष्ट्र निर्माणमा चासो रहोस् भन्ने उदेश्यले बागमती प्रदेश युवा परिषदका सदस्य श्यामसुन्दर शिवाकोटीले आफ्नो व्यक्तिगत तर्फ बाट यो प्रतियोगितालाई आयोजकले सोचे अनुरुप सम्पन्न बनाउनका लागि १० वटा भलिबल सहित नेट (जाली) उपलब्ध गराउनुभएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले तीस हजार रुपैयाँ नगद सहित शिल मेडल प्रमाण पत्र र दोस्रो हुने टिमले बीस हजार रुपैयाँ नगद सहित सिल मेडल प्रमाणपत्र , तेस्रो हुने टिमले दस हजार रुपियाँ नगद र सिल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 
आज बाट सुरु भएको यो प्रतियोगितामा पालिका भित्रका दस वटा टिमले सहभागिता जनाएका छन् भने आउँदो २६ गते सम्म यो खेल जारी हुने वडा अध्यक्ष निशान बुढाथोकीले जानकारी दिनुभयो ।


